पाल्पा, पूर्व उद्योग मन्त्री तथा संघीय सांसद सोेमप्रसाद पाण्डेले विद्यालयको भौतिक पूर्वधार संगै शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।
रिब्दीकोट गाउँपालिका वडा नं ४ मा रहेको भैरब जनता माध्यमिक विद्यालयमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन ईकाइको सहयोगमा निर्माण भएको चार कोठे पक्की भवनको उद्घाटन गर्दै सांसद पाण्डेले यस्तो बताएका हुन । उनले अवको शिक्षा व्यवसायीक र सीपमूलक हुनुपर्ने बताए । सांसद पाण्डेले नयाँ ढंगबाट विद्यालय संचालन गर्नका लागि योजनावद्ध रुपमा अगाडि बढ्न आग्रह गर्दे आवश्यक सहयोग गर्न आफु तयार रहेको समेत बताए ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले शैक्षिक गुणस्तर कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति जिममेवार हुनुपर्ने बताए । उनले त्रिपक्षीय समन्वयमा विद्यार्थीलाई अध्ययनको वातावरण बनाउन सके शैक्षिक गुण्स्तरका साथै विद्यार्थी संख्यामा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गाउँपालिकाभित्र भूकम्पबाट क्षति भएका घर कति बने र कति बन्न बाँकी छन् । ढिला हुनुको कारण बारे गाउँपालिका र वडामा छलफल गरी टुंङगाउनुपर्ने बताए । उनले भूकम्प पीडितले घर बनाउन पाइएन भन्ने कोही कसैमा नरहोस् सम्बन्धित निकायले सहजिकरण गरिदिनका लागि आग्रह समेत गरे । यसका साथै मापदण्ड अनु्सार बनाएका घरलाई पुरै किस्ता उपलब्ध हुने बताउँदै पहिलो किस्ता लिएका घर धनिले अनिवार्य पुरानो घर भत्काइ नयाँ घर बनाउनु पर्ने बताए ।
यस्तै गरी शिक्षा निर्देशक राम शरण सापकोटाले विद्यालयलाई शुभकामना दिँदै गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गुणस्तरीय शिक्षा प्रदान गर्न सम्वन्धीत पक्ष क्रियाशील हुनुपर्ने बताए । उनले शैक्षिक गतिविधि गुणस्तरिय बनाउन विद्यार्थीलाई नैतिक शिक्षामा जोड दिई आग्रह गरे ।
वडा अध्यक्ष दुर्गा प्रसाद खनाले विद्यालयको भौतिक संरचना अझै पूरा गर्न बाँकी रहेको बताए । उनले कोभिड १९ को बेलामा सबैलाई सुरक्षित रहि स्वास्थ्य मापदण्ड कायम गरी अध्यापन गर्न गराउन आग्रह गरे ।
प्रधानाध्यापक नारायण बहादुर कुवरले भवन निर्माण गर्नमा सहयोग गर्ने सबैलाई धन्याबाद दिए । कार्यक्रम शिक्षक टिकाराम ढकालको संचालन तथा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तेजकुमार श्रेष्ठ को अध्यक्षतामा चलेको हो ।