अमेरिकी नागरिकले बाँडे स्वीटर

पाल्पा, अमेरिकी नागरिकले न्यानो कपडा बितरण गरेका छन् । बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँ मावि रामबगैचाका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो ।

अमेरिकी नागरिक ६८ वर्षीय पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको छ । थम्सनकै सहयोगमा विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई अघिल्लो वर्ष न्यानो स्वीटर बितरण गरिएको थियो । बाँकी ७७ जना बिद्यार्थीहरुलाई अहिले न्यानो स्वीटर बितरण गरिएको खानीगाउँ माविले जनाएको छ ।

विद्यालयका विद्यार्थीहरुलाई होमस्टे ब्यवसायी धनीश्वर बस्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेश्मीराज गैरे, विद्यालयकी प्रधानाध्यापक कल्पना कुमारी भुसाल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना लगायतले स्वीटर बितरण गरेका थिए ।

अमेरिकाबाट नेपाल घुम्न आएका थम्सनले आफ्नो देश फर्केर पनि पाल्पाको गाउँका बालबालिकाहरुलाई सम्झेर सहयोग पठाएकामा विद्यालयले धन्यवाद दिएको छ ।सहयोगबाट बिद्यार्थीहरुमा अझ मेहनत गरेर पढ्ने जागर बढ्ने विद्यालयको अपेक्षा छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गैरेले बिदेशमा रहेर पनि गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुलाई सम्झेर सहयोग पठाउने सहयोगी ब्यक्तित्व थम्सनप्रति हार्दिक धन्यवाद ज्ञापन खिदए । कार्यक्रमकै अवसरमा सहभागी सबै विद्यार्थीहरुलाई थम्सनकै सहयोगमा दिवा खाजाको समेत ब्यवस्था गरिएको थियो ।

करिव देढ वर्ष अघि नेपाल घुम्न आएका थम्सन पाल्पा पनि आएका थिए । सोही क्रममा उनले पाल्पाको कुनै विद्यालयमा पुग्न इच्छा व्यक्त गरेपछि होमस्टे ब्यवसायी धनीश्वर बस्यालसँगै उनी खानीगाउँ माविमा पुगेका थिए । सोही क्रममा विद्यालय र विद्यार्थीहरुको आर्थिक सामाजिक अवस्थाबारे समेत थम्सनले जानकारी लिएका थिए । सोही अनुसार अहिले सहयोग गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय