क्यान्सर पीडित महिलालाई अमेरिकाबाट सहयोग

पाल्पा, रामपुर नगरपालिका वडा नम्बर ४, फूलबारीका क्यान्सर पीडित महिला ज्योति रानाको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । चार वर्षअघि स्तन क्यान्सरको अप्रेसन गराएकी ४१ वर्षीया रानाको पुन बेथा दोहोरिए पछि उपचारमा आर्थिक अभाव भएको हो ।

रानालाई अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा बस्ने नेपालीहरुले पनि सहयोग गरेका हुन् । नेपाली साझा समाज फिलाडेल्फियाका प्रवासी नेपालीहरुले २ लाख ५० हजार रकम सहयोग गरेका हुन् । समाजका सदस्य रामपुर नगरपालिका वडा नम्बर ४ का राम रानाको सक्रियातामा ३३ जना नेपालीहरुबाट प्राप्त सहयोग क्यान्सर पीडित रानालाई हस्तान्तरण गरिएको छ ।

रानाको निवास फूलबारी पुगेर रकम हस्तान्तरण गरिएको हो । पीडित रानालाई समाजसेवी क्याप्टेन रोमन बहादुर राना, नर बहादुर राना, तिलक मल्ल, नेपाली कांग्रेस रामपुर ४ का उपसभापति विष्णु जिसी, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्लले संयुक्त रुपमा हस्तान्तरण गरे ।

अमेरिकामा रहेका राम रानाका अनुसार आफु सहित अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा बस्ने प्रबासी नेपालीहरुको संस्थाबाट रकम संकलन गरिएको हो । नेपाली साझा समाजमा आवद्ध निरुस्का रेग्मी, धन बहादुर खड्का, गौचन बुढामगर, रुद्र रेग्मी, महेन्द्र बानिया, अर्जुन थापा, विनोद बुढा मगर, राधाकृष्ण श्रेष्ठ, गंगालक्ष्मी कोइराला, सन्जोग श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, हेमन्त सेन, सुदर्शन भट्टराई, टासी वाङ्गेल, सन्तोष गुरुङ्ग, महेन पुन, निमा पुनले रकम संकलन गरेका हुन् । यस्तैगरी गणेश डङगोल, जोडे बुढामगर, जीवन गुरुङ्ग, नारायण अधिकारी, निरज श्रेष्ठ, निर्मल श्रेष्ठ, शक्ति ठाङ्गावेल, बिदुर खड्का, आशन श्रेष्ठ, राजकुमार थापा, दिपेन बुढामगर, अर्जुन क्षेत्री, पुष्पराज रेग्मी, निलम राना र गायत्री सिग्देलले २ हजार १ सय ५० रुपैयाँ डलर संकलन गरेका हुन् । सञ्चार माध्यमबाट खबर प्राप्त भएपछि साथीभाईलाई सहयोगको आग्रह गरेको उनीहरुले बताए ।

रकम हस्तान्तरण गर्दै समाजसेवी क्याप्टेन रोमन बहादुर रानाले जनताको उपचार गर्ने कर्तव्य सरकारको भए पनि अहिले उपचार नै रोकिएको अवस्थामा प्रवासी नेपालीहरुले देखाएको सद्भाव निकै सह्रानीय रहेको बताए । उनले समस्या कस्लाई कतिबेला पर्छ भन्ने निश्चित नहुने भन्दै परेको बेलामा सबैले सकेको सहयोग गर्नु नै मानविय धर्म रहेको बताए । साथै उनले राना परिवारको पीडामा सक्दो सहयोग गर्न आग्रह गरे ।

समाजसेवी नरबहादुर रानाले आफन्त तथा शुभेच्छुकहरु साथमा रहेकाले आत्मबललाई बलियो बनाउन आग्रह गरे । नेपाली कांग्रेस नगर वडा कार्यसमिति रामपुर ४ का उपसभापति विष्णु जिसीले रानाको शिघ्रस्वास्थ्य लाभको कामना गरे । पीडित रानाका श्रीमान जोग बहादुर रानाले सहयोगी दाताहरुलाई धन्यवाद दिदैं अब उपचारलाई अघि बढाउने बताए ।

समाजसेवी नर बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार इमान सिं रानाले गरेका थिए । पीडित रानालाई आफन्तजनहरुले पनि रकम संकलन गरी सहयोग गरेका छन् । आफन्तजनहरुको तर्फबाट सोही कार्यक्रमका विच २४ हजार ७ सय ५ रुपैयाँ बुझाएका हुन् । त्यस्तै नेपाली कांग्रेस रामपुर नगर वडा कार्य समिति वडा नं. ४ ले पनि नगद १० हजार हस्तान्तरण गरेको छ । वडा उपसभापति विष्णु जिसीले रकम हस्तान्तरण गरेका हुन् । २ लाख ८४ हजार७ सय ५ रुपैयाँ सहयोग संकलन भएको छ । यस्तै यसअघि रामपुर ४ का अमृत रानाले १९ हजार ८ सय र अन्य व्यक्तिहरु बाट गरी ४९ हजार ६ सय ५५ संकलन भएको थियो ।

सम्बन्धित खवर