काममा ढिलाई नहोस्

पाल्पा, गुल्मी र स्याङ्जाको संगमको रुपमा रूरू क्षेत्रलाई नेपालको चारमध्ये एक धामका रुपमा चिनिन्छ । समग्र रूरू क्षेत्रको विकासमा प्रदेश सरकारले गुरुयोजना बनाएर काम अघि बढाएको छ । रूरू धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा पहिलो चरणमा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु भएको हो । यो क्षेत्रको विकासका लागि अब व्यापारिके केन्द्र नभई धार्मिक हिसाबले अघि बढ्नुपर्ने हुन्छ । यहाँ हिजोका दिनमा व्यापार थियो भने अव धार्मिक रुपमा अघि बढ्नपर्छ । संघीय सरकार र प्रदेश सरकारको समपुरक कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा ५६ करोडमा बोलपत्र आव्हान गरेको थियो । निर्माण व्यवसायीले भने घटेर ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयामाँ ठेक्का सम्झौता गरेको छ ।

भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएर काम अघि बढेको छ । कालीगण्डकी नदी र रिडी खोला तटबन्धन आयोजन अन्तर्गत २०७७ जेठ ११ गते सम्झौता भएको हो । आगामी २०७९ साल मंसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । कालीगण्डकी नदी तथा रिडी खेला क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाईमा पक्की तटबन्धन हुनेछ । यो तटबन्धन सात मिटर उचाइ रहनेछ । रिडी पक्की पुलदेखि कालीगण्डकी नदी किनारसम्म पाल्पा र गुल्मीतर्फ आरसिसी टेवा पर्खाल निर्माण गरिने छ । ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट ) निर्माण गरिनेछ । यो निर्माणले एक पटक फेरि रूरू क्षेत्रको विकासमा सहयोग पुग्ने छ ।

यसरी तटबन्ध गर्दा खोला, नदी उकास जमिन बढ्ने छ भने अर्कोतर्फ तटबन्धले नदी कटान रोकिनेछ । बढेको जमिनमा पाटी, पौवा, पार्क लगायतका संरचना बनाउन सकिनेछ । तर समस्या काम गर्ने निर्माण व्यवसायीसँग हुनसक्छ । शिलन्यासका बेला निर्माण व्यवसायी कुर्लेर समयअघि नै बनाउँछु भनेको कालीगण्डकी नदी रूरू क्षेत्रमै सात वर्षदेखि अलपत्र पारेकोछ । यो काम पनि अलपत्र हुने हो कि भन्ने चिन्ता हो । तर जे भएपनि कामलाई सहज ढंगले अघि बढाउनु जरुरी छ । निर्माण व्यवसायीसंग अनावश्यक लाभ लिएर होइन काममा लगाएर समयमै सक्काउनेतर्फ ध्यान जानुपर्छ । गतवर्षको जेठमा सम्झौता भएर पेश्की लगेको व्यवसायीले अहिलेसम्म काम नै गरेको छैन । तर तामझामका साथ गरिने शिलन्यास र पछि हुने समस्याका विषयमा बेलैमा सचेत हुनुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय