
पाल्पा । जिल्लामा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ । शुक्रबार तिनाउ गाउँपालिका–६, मस्यामका ४४ वर्षीय पुरुषको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याउने क्रममा मृत्यु भएसँगे मृत्यु हुनेकाे संख्या २७ पुगेकाे हाे ।
मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बस्दै आएका थिए । एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याउँने क्रममा उनकाे बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जनाए । यो संगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७ पुगेको छ ।







