कोरोना संक्रमित थप एकको मृत्यु, मृत्यु हुनेकाे संख्या २६ पुग्याे

पाल्पा । काेरोना भाइरस संक्रमणबाट पाल्पामा बिहिबार थप एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ । पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । पुरुषमा निमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खवर