छलफलबाट निकास निस्कन्छ : मुख्यमन्त्री पोखरेल

पाल्पा । नेकपा प्रचारप्रसार तथा प्रकाशन विभागले आफ्नो नियमित प्रकाशन सूर्य बुलेटिनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले बुलेटिन सार्वजनिक गर्दै पाटी एकताको विकल्प नभएको बताए । उनले छलफलबाट नै निकास निस्कने बताए । ‘नेताहरु केही समय फरक कित्तामा रहन सक्छन त्यो स्वभाविक हो तर मोर्चा बलियो बनाउन पठाएको निर्देशनबाट सुरक्षित रहनु पर्छ,’ उनले भने ।


सूर्य बुलेटिन सार्वजनिक गर्दे मुख्यमन्त्री पोखरेलले पार्टीको वैचारिक आधार सवल सुढृण बनाउन प्रकाशन महत्वपूर्ण हुने बताए । उनले अहिले पाटी पंक्ति निदाइरहेको अवस्थामा पाल्पाको यो क्रियाशिलता अन्यका लागि पनि सिकाइयोग्य रहेको बताए ।

बुलेटिन सार्वजनिक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले अप्ठेरो परिस्थितिमा पनि प्रकाशनलाई निरन्तरता दिएकोमा प्रचारप्रसार विभागलाई बधाई दिए । उनले जिल्लाको गतिविधि तथा सैद्धान्तिक वैचारिक विचार जनतासम्म पु¥उन सहज हुने बताए ।

उनले अहिले पाटीमा देखिएको समस्या माक्र्सवादी दृष्टिकोण भन्दा व्यक्तिवादी दृष्टिकोण स्थापित हुदाँ उत्पन्न भएको बताए । कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद नारायणप्रसाद आर्चायले स्थानीय निकायको विकासको उपलब्धि देखिने क्रममा रहेको बताए ।

बुलेटिनमा समेत जिल्लाका स्थानीय तहमा भईगरेका विकास गतिविधि समेटिएको बताए । उनले केही तत्व केहि भएको छैन, हुन्न भन्ने मानसिकतावाट ग्रसित भएकोले त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रप्रसाद पाण्डेले अध्ययन गर्ने बानी हराएको समयमा बुलेटिन प्रकाशन हुनु राम्रो भएको बताए । अध्ययन नगर्ने सामाजिक सञ्जाल हेरेर दृष्टिकोण बनाएर टिकाटिप्पणी गर्ने बानीले समस्या थपेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री लीला गिरी, संघीय सांसद साेमप्रसाद पाण्डेय, प्रदेश सांसद डा. पुरनमान बज्राचार्य, तुलाराम घर्ति, रमा घर्ति लगायतकाे उपस्थिति थियाे ।

सूर्य बुलेटिन सार्वजनिक कार्यक्रम नेकपा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख गुराँस आत्रेयले पाटी कार्यकर्ताको हातहातमा पुग्ने गरी प्रकाशन गरिएको बताए । पढ्ने बानीको विकास गर्नका लागि यसले सहयोग पुग्ने समेत बताए । कार्यक्रम प्रचार प्रसार विभागका सदस्य कमलराज तिमिल्सेनाको संचालनमा भएको हो ।

सम्बन्धित खवर