
पाल्पा – शिशु जन्माएर बेवारिसे फालेकी युवतीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । ९ महिने शिशु जन्म दिएर बगनासकाली–१, खोरबारीस्थित खोल्सामा फालेकी युवतीलाई जिल्ला प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
शिशु जन्माएर फाल्ने युवती तानसेन नगरपालिका–१४ की २४ वर्षीय हुमाकुमारी दर्जी रहेको प्रहरीले जनाएको छ । गर्भवती ती महिलाले छोरा जन्म दिएर हेल्थपोष्ट नजिकै फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको हाे । प्रहरीले गत मंसिर १८ गते मृत शिशुलाई फेला पारेको थियो । तानसेन नगरपालिका–१४ घर भएपनि बगनासकाली–३, माइती घरमा बस्दै अाएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।







