पाल्पा, रिब्दीकोट गाउँपालिका पाल्पाले योजना कार्यान्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम चलाएको छ । गाउँपालिकाभित्र उपभोक्ता मार्फत संचालन हुने योजना कार्यान्वयन विषयमा दुई दिने अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बाबुराम अधिकारीले गाउँपलिकाभित्रका सबै वडाका योजनाहरुको कार्यान्वयन अवस्था वारे जानकारी लिएका थिए । गाउँपालिका अध्यक्ष नारायणबहादुर जि.सी.ले वडा र गाउँपालिकाको आबश्यक योजनाकोका प्रदेश मन्त्रालयको भूमिकाका विषयमा जानकारी गराएका थिए ।
वडा अध्यक्ष, विषयगत समितिका संयोजक, वडा सचिव र गाउँपालिका कार्यालयका प्राविधिक एवं अन्य कर्मचारीहरु सहभागी रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले सहजिकरण गरेका थिए । अन्तरक्रियापछि वडा र पालिका स्तरीय योजना संचालनमा सहजता आउने विश्वास लिएको छ । स्थानीय तहमा संचालन भएका योजनाको प्रभावकारी कार्यान्वयका लागि अन्तरक्रिया फलदायी भएको अध्यक्ष नारयाणबहादुर जि.सी.ले बताए ।