वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीको माग गर्दै महासंघको ज्ञापन पत्र

पाल्पा, वन माफियाको पक्षमा रहेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघले वन तथा वातावरण मन्त्रालय काठमाडौंका लागि प्रमुख जिल्ला अधिकारी न्यौपाने मार्फत ज्ञापन पत्र पठाएको हो । ज्ञापन पत्र बुझ्र्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्राप्त पत्र तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने बताए ।

ज्ञापन पत्रमा नेपाल सरकारले गएको जेठ १५ गते लगाएको काठ कटान ओसारपसार तथा बिक्री वितरणमा प्रतिवन्ध खोल्ने सहमति भएपनि साल बाहेकका काठ मात्र खुल्ला गरिएकोमा महासंघले आपति जनाएको छ । यसका साथै सालका काठमा भएको प्रतिवन्धका कारण समुदायका उपभोक्ताहरु मर्कामा परेको समेत उल्लेख छ ।

महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फडानी रोक्न दिगो वन व्यवस्थापन लागूगर्नुपर्ने बताए । केन्द्रिय सदस्य श्रेष्ठले हिजो सामुदायिक वनले प्राप्त अधिकार सुनिश्चित गर्दै काठ काट्ने बिक्री वितरणमा सहजता ल्याउनुपर्नेमा जोड दिए ।

महासघका जिल्ला अध्यक्ष निरञ्जन भुषालले रोकिएको वन पैदवार खुलाउन आग्रह गरे । उनले उच्च स्तरीय छानविन समितिको प्रतिवेदनमा सामुदायिक वनको विषयमा दिइएको सुझाव तत्काल कार्यान्वयन गर्न समेत अनुरोध गरे ।

ज्ञापन पत्रमा सामुदायिक वन विकास र व्यवस्थापनका सन्र्दभमा आवश्यक ठानिएका ११ बुदाँ समावेस रहेका छन् । यसैगरि महांसंघले डिभिजन वन कार्यालयका साथै जिल्लाका दश स्थानीय तह र सो स्थानमा रहेका सव डिभिजन वन कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ । पहिलो चरणको कार्यक्रम मंसिर २५ गतेसम्म रहेको जनाउँदै माग सम्वोधन नभए दास्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।

सम्बन्धित खवर