
पाल्पा । पूर्वखोला गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरेको छ । कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य भन्ने नारा सहित शनिबार पुर्वखोला गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरेको थियो । १७ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।
पूर्वखोला गाउपालिकाले गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ दोसल्ला ओढाएर सम्मान गरेको छ । पालिकाका सबै ५५ जना स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् । वडा नम्बर १ को सिलुवा, ५ को बीरकोट, ६ को हेक्लाङका महिला स्वास्थ्य स्वयम् सेविकालाइ वीरकोट स्वास्थ्य चौकीमा सम्मान गरिएको छ ।
यसैगरी वडा नम्बर ३ को पूर्वखोला र ४ को देवीनगरका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ रिङ्नेरह स्वास्थ्य चौकिमा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सम्मान गरे । वडा नम्बर २ जल्पाका स्वयंसेविकालाई भने मंसिर २३ गर्ने वडाध्यक्ष नीरबहादुर सारूले बताए । उनका अनुसार अहिले विद्यालय, वडा कार्यालय शील भएकाले सम्मान पछि गर्न लागिएकाे हाे ।