दुई कोरोना संक्रमितकाे मृत्यु

पाल्पा ।  लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई जना कोरोना संक्रमित बिरामीको बुधबार बिहान मृत्यु भएको छ ।  कलेजमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षिय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ ।  पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय