पाल्पामा उद्योग दिवस मनाइयो

पाल्पा, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा छैठौं उद्योग दिवस मनाइएको छ । उद्योग र रोजगारः समृद्धिको आधार भन्ने मूल नाराका साथ दिवस मनाइएको आयोजकले जनाए ।

जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मीरा मरासिनीले कार्यालयले वार्षिक रूपमा प्रतिवेदनमात्रै प्रस्तुत गर्नुभन्दा रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै अनुदान बढी र काम कम हुने गरेको उनले बताइन् ।

उद्योग दिवसमा कायर्पत्र प्रस्तुत गर्दै करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पोखरेलले कुनै पनि व्यवसाय वा लगानीबाट हुने आयमा निर्धारण योग्य कर बुझाउनु व्यक्तिको दायित्व हुने बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले सरकारको कारण धेरै पढेका र बुझेकाहरूमात्र व्यवसायमा लाग्नुपर्ने अवस्थाको सिर्जना हुन थालेको भन्दै कर प्रणालीलाइ अझ सहज र पारदर्शी बनाउनुपर्ने बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख कोष नियन्त्रक खेमराज घिमिरेले घरेलु तथा साना उद्योग गर्नेहरू पनि अनुदानमा भर परेर व्यवसायमा लाग्न नहुने बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देविराम भण्डारीले पाल्पामा ७ हजार ५ सय भन्दा बढी फर्महरू दर्ता भएको बताउँदै देशमा आर्थिक समृद्दिका लागि नीजि क्षेत्र, सहकारी र सरकारी पक्षहरूको सहकार्यलाइ बलियो बनाउनु आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन उद्यम विकाश सहजकर्ता मनोज घिमिरेले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय