तिनाउको झुम्सामा च्याउ पकेट कार्यक्रम

पाल्पा । तिनाउ गाउँपालिकाको झुम्सामा च्याउ पकेट कार्यक्रम सुरु भएको छ । स्थानीय तह र प्रदेश सरकारको सहयोगमा यहाँ च्याउ पकेट कार्यक्रम भएको हो ।
तिनाउ गाउँपालिकाको वडा नम्बर ३, झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो । तिनाउ गाउँपालिका वडा नं. ३ मा १८ घरले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् ।

ति घर ३ सय देखी १५ सय गोला च्याउ खेती गरेको अनुगमनमा पुगेका तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा तिनाउमा च्याउ खेती गरेका हुन् । वडा नं. ३ का प्रत्येक घरहरुमा च्याउको व्यवसायिक खेती सुरु हुन लागेको हो ।

यस क्षेत्रको आर्थिक उपार्जनको मुख्य आधार नै च्याउ गराउन गाउँपालिका लागि परेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले किसानका समस्या समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । उनले कृषकहरुलाई च्याउको वीमा, भुसुनाले पारेको समस्या समाधानमा गाउँपालिकाको ध्यान गएको बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष प्रेम प्रसाद पाण्डेयले छितरिएर गरिएको व्यवसायलाई गाउँपालिका तथा वडाले ठाउँको व्यवस्थापन गरी एकिकृत च्याउखेती गर्नुपर्नेमा जोड दिए । तिनाउ च्याउ पकेट कार्यक्रम अन्र्तगत १८ घरहरुमा अहिले व्यवसायिक च्याउ खेती भइरहेको छ ।

सिजनमा प्रत्येक दिन १ लाख बरावरको च्याउ बुटवलमा बिक्री हुदै आएको समूहकी अगुवा कृषक दिलमाया रोकायाले बताइन् । समूहकी अध्यक्ष नैना क्षेत्रीले बिचौलियाको कारण बिक्रीमा समस्या बेहोर्नु परेको बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय