बजार क्षेत्र सुधारको अपेक्षा

तानसेनको मुख्य बजारमा जथाभावी पार्किङ् छ । मुख्य सडकमै घण्टौसम्म ठूला सवारी साधन रोकेर सामान लोड, अनलोड गरेका हुन्छन् । व्यवसायीले पसलका सामाग्री सडकमा राखेका छन् । व्यापारी आफैले राखेका ‘नो पार्किङ् बोर्ड’ बाट पैदलयात्री र सवारी साधन चालकलाई हैरानी खेप्नुपर्छ । निर्माण व्यवसायी, ठूला पसल र डिलर, खाद्य सामाग्रीका ट्रक, जीप जथाभावी पार्किङ् छ । ग्रामीण भेगमा मान्छे ओसार्ने जीपमा टनका टन सामाग्री राखिएका हुन्छन् । तर प्रहरी, प्रशासन, उद्योगी, व्यापारी, ट्राफिक आँखा चिम्लेर बसेको अनुभूति नागरिकमा थियो । अझ अचम्मको कुरा यी सबैको कारण देखाउथे, ‘कोरोना भाइरस संक्रमण त्रास ।’ सोही सडक भएर प्रहरीको सवारी सवारी साधन कैयौ पटक ओहोरदोहोर गर्छ । तर कसैले पनि देखेको नदेख्यै गरेर हिडे । पार्किङ् व्यवस्थापन लथालिङ्ग थियो । अघिल्ला वर्षमा गरेका निर्णयको कार्यान्वयन भएको छैन ।

सर्वसाधारण ट्राफिक व्यवस्थापनबाट महिनौदेखि आजित थिए । यसैलाई सुधार्न दुई वर्षपछि जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । प्रशासनले सडक यातायात, सवारी साधनको आवागमन, पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार्न सरोकारवाला निकायसंग छलफल गरेको हो । तानसेनको सौन्दर्य कायम हुनेगरी सडक यातायात, सवारी साधनको आवागमन तथा पार्किङ र ट्राफिक व्यवस्था, सडक सुधारलाई व्यवस्थित गर्न जरुरी देखिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कदमलाई धन्यवाद दिनैपर्छ । बजार क्ष्ँेत्रमा ट्राफिक व्यवस्थापन सुधार्न जरुरी ठानेकाले सरोकारवालासंग बसेर छलफल गेरेर निकालेको निष्कर्षलाई सम्मान गर्नुपर्छ । बजार क्ष्ँेत्र भएर जिल्लाकै विभिन्न स्थानका साथै गुल्मी, अर्घाखा“ची, बाग्लुङ् लगायतका स्थानमा जाने सवारी चल्छन् । मालबाहक खाद्यान्न, चुनढुंगा बोक्ने ट्रिपर बजार क्ष्ँेत्रबाटै प्रवेश गर्छन् । जसले गर्दा बसपार्क, बारुदखान, लहरेपिपल, सिल्खानटोल, नारायणस्थान, मेहल्धारा, भगवतीटोलमा घण्टौसम्म सवारी साधनको जाम हुनेगर्छ ।

प्रशासनमा भएको बैठकले तानसेन नरपालिकाले आÏनो क्षेत्रभित्र तोकिएका पार्किङ स्थलहरु निर्धारण गरेको छ । यसका लागि सम्पूर्ण व्यवस्थापकीय कार्य तयार गरी सञ्चालन गर्नका लागि व्यवस्था मिलाउनुपर्ने निर्णय राम्रो हो । उद्योग बाणिज्य संघ, व्यापार संघले आÏनो सदस्यलाई पसल अगाडी अनाधिकृत रुपमा सामान नराख्न पत्राचार गरे कि गरेनन् ? पार्किङ नगर्न नगराउनका लागि तीन दिनभित्र पत्राचार गर्नुपर्ने निर्णय भएको थियो । कार्यान्वयन भयो वा भएन ? नगर प्रहरी, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कर्यालयको संयुक्त टोली बनाएर बजारमा राखेका अनाधिकृत तवरबाट सामान राख्न दिएका छन् वा छैनन् ? जथाभावी पार्किङ गरिएका सवारीसाधनलाई कानुनी कारबाही भयो वा भएन ? सवारी साधनहरु एक तर्फी जान आउन ट्राफिक चिन्हहरु राखियो वा राखिएन ? जेब्रा क्रसिङ, पार्किङको व्यवस्था भयो वा भएन ? खबरदारी गरौं । नागरिक समाजले यसमा गतिलो भूमिका निर्वाह गर्न सकौं ।

सम्बन्धित खवर