पाल्पामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २१ पुग्याे 

पाल्पा । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या २१ पुगेकाे छ । पछिल्लाे पटक रामपुर नगरपालिका–१० का ८४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याइएको थियो । पाल्पामा एक हजार ४ सय ८४ जना कोरोना संक्रमित पुगेका छन् । एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा २ सय २६ जना सक्रिय संक्रमित छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय