बिद्यार्थीलाई शैक्षिक सामग्री र झोला बितरण

पाल्पा,तिनाउ गाउँपालिका वडा न ६ मस्यामका बिद्यार्थीले शैक्षिक सामग्री र झोला पाएका छन् ।

चाइना फाउन्डेसन फर पुबर्ती एलिभेसनको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज काठमाडौ मार्फत झोला तथा सामग्री बितरण गरिएको हो ।

तिनाउ ६ मस्याम भित्र रहेका ९ बिद्यालयका आधारभुत तह सम्मका ७ सय ४३ जना बिद्यार्थीलाई सामग्री वितरण गरिएको हो । वडा कार्यालय मस्याम हटियामा एक कार्यक्रमका बिच सामग्री बितरण गरिएको हो ।

सहयोगी सस्थाका कार्यक्रम सङ्योजक कृष्ण प्रसाद ढकालले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उनले सामग्री पाएका विद्यार्थी उत्साहका साथ बिद्यालय आउने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा पहलकर्ता सबिता मल्ल तथा मङ्गल बहादुर रेगामीले प्राप्त सामग्रीको सहि सदुपयोग गर्नुपर्ने बताए । मस्याम माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डे ले सामग्री तथा झोला उपलव्ध गराएकोमो सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे ।

शिक्षक तारा प्रसाद भण्डारीको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता तिनाउ ६ का वडा अध्यक्ष टोम बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको हो

सम्बन्धित खवर