हुँगीका १८ माझी परिवारको घर बन्दै

कमल अधिकारी
पाल्पा । रम्भा गाउँपालिका–१, हुँगीको माझी गाउँमा १८ घर निर्माण बनेको छ । यसमा लुम्बिनी प्रदेश सरकारले १३ वटा र स्थानीय रम्भा गाउँपालिकाले ५ घर निर्माण गरेको हो । ती घरहरु अघिल्लो वर्षदेखि निर्माण सुरु भएका हुन् । माझी बस्तीको घर निर्माण अन्तिम चरणमा पुगेको रम्भा गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार माझी गाउँमा जनता आवाश कार्यक्रम प्रभावकारी भएको दाबी गरे । यहाँ ५२ घरधुरी बोटेमाझी छन् । लुम्विनी प्रदेश सरकारको साथमा स्थानीय तहबाट पनि साथ दिर गत आर्थिक वर्षदेखि जनता आवास कार्यक्रम संचालन गरिएको अध्यक्ष भण्डारीले बताए । ‘घर निर्माणको काम सुरु भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ,’ उनले भने, ‘विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणमा सहयोग गरेको हो ।’ निर्माणाधीन १८ वटा आवासको सरोकारवाला निकायले समय समयमा अनुमगन गर्ने गरेका छन् । शहरी विकास तथा भवन कार्यालय पाल्पाले यसको अनुगमन गर्ने, मापदण्ड पूरा गरेको छ÷छैन भन्ने जानकारी लिने गरेको छ । साथै उसले किस्ता, किस्तामा रकम उपलब्ध गराउने गरेको छ ।

अनुगमनका सहभागीले सरकारले तोकेको मापदण्ड पूरा गरी घर निर्माण गरेको बताए । आगामी दिनमा बाँकी रहेका प्रकृया पूरा गरेपछि अन्तिम किस्ता लिनसक्ने अनुगमनमा सहभागी शहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर हरिभक्त श्रेष्ठले बताए । आवाश निर्माणका लागि संघीय सरकारको सशर्त बजेट अन्तगत लुम्बिनी प्रदेश सरकारले प्रतिघर करसहित तीन लाख ५० हजार तीन किस्तामा हस्तान्तरण गर्ने गर्छ । रम्भा गाउँपालिकाले निर्माण गरेका भवनको हकमा भने प्रतिघर ३ लाख रुपैयाँ सहयोग गरिएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० तथा गाउँपालिकाबाट ५ गरी थप १५ वटा आवास निर्माण गर्ने निर्णय भएको छ । बाँकी विपन्न परिवारका घर समेत गाउँपालिकाले निर्माण गरिदिने गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए । विगतदेखि घर नहँदा खरका झुपडीमा बस्न बाध्य रहेका माझी बस्तीमा तीन तहको सरकारको सहयोगमा पक्की घर निर्माण हुने भएपछि माझी बस्तीकै मुहार फेरिन लागेको स्थानीय लक्ष्मी माझीले बताइन ।

घर नहँदा सानो कोठामा धेरैजनाको परिवारसहित बस्नु परेको थियो । बाख्रा, कुखुरासंग बस्नपर्ने बाध्यताका अन्त्य भएपछि घर घरमा सरकार आएको अनुभुती भएको स्थानीयको भनाई छ । रम्भा गाउँपालिकाको वडा नं. १ अन्तरगत हुँगी माझीगाउँ, अर्सेदी र सगाहामा गरी ५२ घरधुरी रहेका छन । लापोन्मुख माझीबस्तीकोे विकासका लागि आफ्नो निर्वाचन क्षेत्रको एउटै वडामा रहेका समपूर्ण माझी बस्तीको मुहार फेर्नका लागि जनता आवाश कार्यक्रम संचलान गरिएको सोही क्षेत्रमा लुम्बिनी प्रदेशसभा सदस्य नारायण प्रसाद आर्चायले बताए ।

उनले नेपाल सरकारले संघीय लोकतान्त्रि गणतन्त्रको संविधानले व्यवस्था गरे अनुरुप जनताको आवासका लागि सरकारले जिम्मा लिएको हुँदा सबै नागरिकलाई सुरक्षीत तरीकले बसाल्ने जिम्मा तीन तहको सरकारको रहेको बताए । पछिल्लो समयमा बोटे माझी समुदायको परम्परागत पेशा लोप भएको हुँदा आगामी दिनमा जोजनाबद्ध ढंगबाट कृषि, पशुपालन लगायतका क्षेत्रमा प्राविधिक र सिचाईको कार्यक्रम संचालन गरेर माझी समुदायलाई व्यावसायीकरण तर्फ जोड्न आवश्यक रहेको उनले बताए । जिल्लामा गत आर्थिक वर्षमा जनता आवास निर्माण अन्तरगत ९० वटा दुईकोठे पक्की घर निर्माण अन्तिम चरणमा पुगेको छ ।

चालु आर्थिक वर्षमा ३६ वटा घर निर्माण थालनी भएको शहरी विकास तथा भवन कार्यालय पाल्पाले जनाएको छ । बोटे समुदायलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षदेखि सुरु भएको जनता आवास कार्यक्रम चालु आर्थिक वर्षभित्रै सबै परिवारलाई भुकम्प प्रतिरोधी घर निर्माण हुने भएपछि स्थानीयमा उत्साह थपिएको छ । जिल्लाकै धेरै माझीहरुको बसोबास रहेको यो गाउँमा तीन तहका सरकारको पहलमा नयाँ घर निर्माण हने भएपछि गाउँकै मुहार फेरिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय