रिब्दीकोट जलेश्वरलाई कैलाशधामका रुपमा विकास गर्न सुझाव

भुवन रायमाझी

पाल्पा । रिब्दीकाेट जलेश्वर क्षेत्रलाई कैलाश धामका रुपमा विकास गर्न सुझाव दिएका छन् ।  पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको जलेश्वर मन्दिर क्षेत्रलाई कैलास धामको रुपमा विकास गरेर अगाडी बढ्न ब्रहमनिष्ठ श्वामी लोकानन्दले सुझाव दिएका हुन् । रिब्दीकोटको जलेश्वरमा पुगेका श्वामी लोकानन्दले १३ औ शताब्दीको नमो बुद्धकालीन बुद्धर्र्मुिर्त ऐतिहासिक सेन राज्यको धार्मिक, सांस्कृतिक पहिचान साथै पर्यटनको प्रचुर सम्भावना रहेको रिब्दीकोट क्षेत्रमा गौमाता र शिव भगवानको मुर्ति निमार्ण गरेर अगाडी बढ्न सुझाव दिए ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले श्वामी लाेकानन्दकाे सुझाव मनन गरेकाे बताए । पछिल्लो समय देशमा मात्र नभएर बिश्वमा चर्चा कमाउन सफल श्वामी लोकानन्दको जलेश्वर क्षेत्रमा स्वागत गर्न पुगेका गाउँपालिका अध्यक्ष जीसीले जलेश्वर क्षेत्रको महिमा र इतिहासबारे जानकारी गराउँदै गाउँपालिकाले गुरुयोजना बनाएर जलेश्वर क्षेत्रमा लोपोन्मुख जडिबुटीहरुको संरक्षण जडिबुटी उद्यानको निर्माण गरेकाे बताए । यस क्षेत्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका क्षेत्रभित्र उपयुक्त स्थान छनोट गरी मेडिटेसन योगा केन्द्र निर्माण गर्ने साथै सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि लुम्बिनी–जलेश्वर–भैरवस्थान हुदै पाणिनी तपोभूमि सम्म विकास गरेर अगाडि बढ्ने योजना रहेकोे जानकारी गराए ।

अध्यक्ष जीसीले गाउँपालिकाको गौरवको आयोजना मध्यको जलेश्वर क्षेत्रमै निमार्णाधिन अवस्थामा रहेको मौसम मापन केन्द्र राडरको समेत अवलोकन गराए । रिब्दीकोटको जलेश्वर क्षेत्रमा निमार्ण हुन लागेको उक्त क्षेत्र पाल्पा जिल्लाको दोस्रो अग्लो स्थान मानिन्छ  । जुन स्थान समुन्द्र सतहदेखि १८९७ मिटर उचाईमा रहेको छ । पर्यटनका हिसावले यहाँबाट हिमाल, पहाड, तराई र भारतका बिभिन्न स्थान नियाल्न सकिन्छ । श्वामीलोकानन्दले यसअघि तानसेन नगरपालिकाको गुफाचौरमा गणेशको मुर्ति स्थापना गर्न लागेको स्थानको समेत अवलोकन गरे ।

सम्बन्धित खवर