अर्गलीमा बंगुरका पाठापाठी वितरण

कृष्ण दर्नाल

ग्रामीण आर्थिक विकास संघ पाल्पा, तानसेन नगरपालिका, १४ नम्बर वडाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, तानसेन नगरपालिकाको सहयोगमा कोभिड १९ काे प्रतिकार्यका लागि यूवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुन प्राप्ति कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

तानसेन १४, अर्गलीका आर्थिक रूपमा कमजोर परिवारका युवालाई उद्यमशील बनाउन बंगुरका पाठापाठी बितरण गरिएको हो । एक पाठा, दुई पाठीका दरले १० युवालाई वितरण गरिएको छ। पाठापाठी हस्तान्तरण गर्दै नगरप्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिका सञ्चालित युवा उद्यमीशिलताको कार्यक्रम अहिले नमूना बनेको बताए । उनले तानसेनको यो कार्यक्रम अन्य स्थानीय तहले समेत सिको गरी कार्यान्वयनमा ल्याएको बताए । अहिलेसम्म तानसेन नगरपालिका भित्रका २ सय युवालाई सहुलियत ब्याजदरमा पाँच लाखको दरले कर्जा प्रदान गरिएको बताए ।

तानसेन नगरपालिका, १४ अर्गलीमा बंगुरकाे पाठापाठी बितरण गरिदै ।

कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई दुई करोड नब्बे लाखकाे कार्यक्रम रहेको उनले  बताए । उनले  युवाहरु सक्षम र आत्मनिर्भर बनेर लिडरसंग पनि आँखा जुधाएर कुरा गर्ने हुनुपर्ने बताए । तानसेन नगरपालिका उप प्रमुख लक्ष्मीदेवी पाठकले युवालाई उद्यमी बनाउन सकेको आस्थामा देश समृद्धि हुने बताइन । युवा उद्यमी हुँदा रोजगारको अवसर वृद्धि हुने उनकाे भनाइ छ ।

कार्यक्रममा रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले तानसेन नरपालिका,संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा ग्रमीण आर्थिक विकास संघ रेडाद्वारा सञ्चालित काेभिडका कारण प्रभावित युवालाई उद्यमशील बनाउने शीप, पूँजी लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए । पाल्पाका तानसेन नगरपालिका भित्रका १ सय १३ जना युवालाई उद्यमशील बनाउन सफल भएकाे बताए । पाल्पाली ढाका, करुवा, पुष्प खेती, माछा पालन लगायतका विधामा तालिम तथा बीउ पूँजी प्रदान गरी युवालाई उद्यमी बनाएको उनले बताए । उद्यमीको सख्या वृद्धि हुँदा रोजगार र स्वरोजगारका संख्यमा बढ्ने उनले बताए । रेडाका कार्यक्रम अधिकृत डाक्टर लेखनाथ पौडेलले बँगुरका लागि आहाराकाे उचित व्यवस्थापन गरी प्रजननका समयमा ख्याल गरेमा राम्रो आम्दानी हुने बताए । वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर रावल,  उद्यमी बल बहादुर रानाले बँगुरको माग अत्यधिक रहेकाले बजारकाे कुनै समस्या नपर्ने बताए । कार्यक्रम  वडा नम्बर १४ का वडाध्यक्ष कमल रानाकाे अध्यक्षतामा कार्यक्रम भएको हाे ।

सम्बन्धित खवर