पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा ।  कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । रामपुर नगरपालिका, ५ की ५४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएकाे हाे ।

हाेम अाइसाेलेशनमा बस्दै अाएकी उनमा स्वास्थ्य समस्या देखिएपछि  लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएकाे र उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएकाे थियो । मधुमेह र  उच्च रक्तचापका बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले  बताए । याे संगै कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १९ पुगेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खवर