आज अन्तर्राष्ट्रिय बाल दिवस

पाल्पा । विविध कार्यक्रम गरी  शुक्रबार अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशील देशभरका सामाजिक संघसंस्था, बालअधिकारकाे वकालत गर्ने निकायले विविध कार्यक्रमहरु गरी  बाल अधिकार दिवस मनाइरहेका छन् ।

कोरोना संक्रमण त्रासका कारण यस वर्ष विगतमा जस्तो भव्य र बहत कार्यक्रम नहुने भएकाे महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएकाे छ। सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हाे । हरेक वर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएकाे छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय