पाल्पाली सेवा समाज कतारको सहयोग गैरे परिवारलाई

पाल्पा, तानसेन नगरपालिका वडा नं ६ बर्तुङका स्वःनारायणप्रसाद गैरेको परिवारलाई पाल्पाली सेवा समाज दोहा कतारले सहयोग रकम पठाएको छ ।

एक महिना अघि दुबै मृर्गौला फेल भएपछि गैरेको उपचारमा सघाउन समाजले कतारमा रकम संकलन अभियान चलाएको थियो । तर उनको उपचारकै क्रममा गत कात्तिक १८ गते निधन भएको थियो ।

समाजले कतारमा संकलन भएको ६० हजार ५ सय रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको हो । गैरेको निधन भएपनि उनको नाममा संकलित रकम छोरीहरुको शिक्षा दिक्षाका लागि सहयोग मिल्नेगरी रकम प्रदान गरिएको युवा समाजसेबी इश्वर काफ्लेले बताए ।

संकलन भएको रकम जनप्रतिनिधि,मानवअधिकारकर्मी र पत्रकारको टोलिले हस्तान्तरण गरेको हो । सन् २००७ मा प्रवासमा स्थापित पाल्पाली सेवा समाज दोहा कतारले अप्ठेरोका परेका, रकम अभावमा उपचार गराउन नसकेका पाल्पालीलाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर