चन्द नेतृत्वकाे नेकपाका पाल्पा इन्चार्ज पक्राउ

पाल्पा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पाल्पा जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंहलाई रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान बुटवल उपमहानगरपालिका ७, दीपनगरबाट सिंह र पाल्पा जिल्ला सदस्य मीनबहादुर आले  पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय