पार्किङ् र सडक व्यवस्थापनमा जिल्ला प्रशासनको चासो

पाल्पा, पछिल्लो समय तानसेनमा अव्यवस्थित रुपमा पार्किङ बढेको, पसल अगाडि व्यापारीले सडकमै सामान राख्दा उत्पन्न सवारी जामले समस्या भएको आम उपभोक्ताको गुनासो बढेसंगै जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको संयुक्त बैठक आयोजना गरी तानसेनको अव्यवस्थित पार्किङ् र पसलहरु व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बिहीबार तानसेनमा बसेको बैठकले तानसेन नगरपालिकाले सात दिनभित्र सात दिनभित्र पार्किङ् स्थलको निर्धारण गर्ने र मर्मतसंभार गर्ने निर्णय गरेको छ । नगरपालिकाले नै पार्किङ् स्थलको व्यवस्थापकीय कार्य समेत गर्ने निर्णय भएको छ ।

बैठकले पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले तानसेनको सडक अगाडि पसलेले अनाधिकृत रुपमा राखेका सामान तीन दिनभित्र हटाउन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली बनाएर २०७७ मङ्सिर ७ गतेदेखि तानसेन बजारमा राखेका अनाधिकृत सामान हटाउने र पार्किङ् गरिएको सवारीसाधनको अनुगमन गर्ने र कानुनी कारबाहीमा जाने निर्णय भएको छ ।

सवारीसाधनको आवतजावत व्यवस्थित गर्न जेब्रा क्रसिङ्, पार्किङ्को सुबिधा तथा अन्य सुधारको लागि अध्ययन् गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन समेत गरिएको  छ ।

सम्बन्धित खवर