
गुल्मी, कोरोना संक्रमित बढे संगै रेसुङ्गा नगरपालिकाले पुनःलकडाउन घोषणा गरेको छ ।
संक्रमण विश्वव्यापी फैलिएको लामो समय बितिसक्दा पनि यो समस्या कहिले र कहाँ पुगेर समाधान हुन्छ, कसैलाई थाहा छैन । समाधानको सही उपाय के हो ? कुनै स्पष्ट धारणा बन्न सकेको छैन ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गइरहेको, मानिसहरुले स्वास्थ्य सजगता नपनाएको भन्दै नगरपालिकाले सूचना जारी गर्दै लकडाउन गरेको जनाइएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिकाले मंसिर ४ गते राती १२ बजेदेखि १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख डिल्लीराम भुषालले बताए ।