पाल्पामा काेराेना भाइरसबाट थप एककाे मृत्यु

पाल्पा  । कोरोना भाइरस संक्रमणबाट पाल्पाकाे पूर्वखाेलाका एक पुरुषको मृत्यु भएको छ । २४ घण्टामा पाल्पामा तीन जनाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

उपचारका क्रममा पूर्वखोला गाउँपालिका–३ पूर्वखोलाका ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । लुम्विनी मेडिकल कलेजमा उपचार गरेर हाेम अाइसाेलेशनमा बसेका उनमा थप समस्या भएपछि अाइतबार मात्रै काठमाडाै लगिएकाे थियाे । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर