फुल खेती गर्नेहरु सुरुमा डराए, तिहारकाे अघिल्लो दिन माग थेग्नै सकेनन् (फाेटाे फिचर)

पाल्पा । पाल्पाका रामपुर, माथागढी र तानसेनमा व्यवसायिक फुलखेती सुरु भएको छ । फुल खेती गर्नेहरु सुरुमा फुल नबिक्ने हो कि भन्ने चिन्तामा परे । तर तिहारको अघिल्लो दिन भने फुल पुर्याउनै सकेनन् । उनीहरुलाई बिक्रीको कुनै समस्या भएन । तर ढुवानीका लागि भने समस्या भयो ।
बुटवल, भैरहवा, नेपालगञ्ज, कैलालीसम्मका व्यवसायीले फुल माग गरे । तर उनीहरु ढुवानीका लागि समस्या झेल्नु पर्यो । तत्काल पठाउन समस्या भयो । फुल गाउँमै पनि बिक्रीको समस्या भएन । रामपुरमा फुल राम्रै बिक्री भयो । हुन त फुल खेती गत वर्ष मात्र पाल्पामा सुरु भएको हो ।

गतवर्ष पाल्पाको रामपुर नगरपालिका, देवीस्थानका दिलबहादुर थापाले व्यवसायिक फूल खेती सुरु गरे । उनले स्थानीय तहबाट पनि फुल बिक्रीमा सघाउने प्रतिवद्धता पाए । तर मौसमी तथा बेमौसमी फूल खेती गरेका उनलाई बजारको चिन्ता भयो । तिहारको पाँच दिन अघिसम्म फुल बिक्री गर्न नपाउने हो कि भन्ने चिन्ता भयो ।

अघिल्लो वर्ष बिक्रीमा कुनै समस्या नभएपनि यसवर्ष भने बजार पाउनै समस्या भएको रामपुर नगरपालिका, देवीस्थानका दिलबहादुर थापाले बताए । माथागढी गाउँपालिका, रुप्सेका दामोदर घर्तिले व्यवसायिक फूल खेती गरेका छन् ।

तर उनलाई पनि स्थानीय बजार अभाव भएको छ । पाल्पामा बिक्री नभएपछि काठमाडौका व्यापारीलाई सम्पर्क गरेर उनीहरुको माग अनुसार उतै पठाउनु पर्यो । फूल खेतीबाट उत्साहित घर्ति समयमा बजार नपाउँदा भने खिन्न छन् ।

बजार व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारले सघाउनुपर्ने उनको माग छ । उनले तिहारको अघिल्ला दुई दिनमा भने फुलको माग धेरै आएको बताए ।

स्थानीय र प्रदेश सरकारले प्रदान गरेको तालिमपछि पाल्पाका महिला र पुरुष समूह तथा व्यक्तिगत रुपमा मौसमी र बेमौसमी फुल खेती गर्दै आएका छन् । तिहारमा बजारका प्लाष्टिकका माला प्रयोग गर्नुभन्दा मखमली, गुर्धौली फूलको प्रयोग गर्न सके बजार पाइने सहयोगी संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीको सुझाव छ ।

बेमौसममा बुटवल, नेपालगन्ज, काठमाडौबाट समेत माग आएपनि मौसममा भने किसानलाई फूल बिक्री गर्न समस्या छ । व्यवसायिक फुल खेती सुरु भएप्छि फूलमा आत्मनिर्भर हुन सहयोग पुग्ने भएपनि यसको बजार व्यवस्थापनमा भने सरोकारवाला निकायले ध्यान दिएको पाइदैन ।

फूल खेतीमा लागेका युवाको व्यवसाय प्रवद्र्धन तथा उत्साह जगाउन स्थानीय र प्रदेश सरकारले बजार व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय