
पाल्पा । कोरोना भाइरस संक्रमण पुष्टि भएका थप दुइ जनाकाे मृत्यु भएकाे छ । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा बगनासकाली, चिर्तुङधाराकी ६३ वर्षीया महिला र युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा माथागढी कसेनीका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् ।
निमोनिया र श्वासप्रश्वासमा समस्या भएकी ६३ वर्षीय महिलाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका कोभिड फोकल पर्सन प्रदीप खनालले जानकारी दिए । मिसन अस्पतालमा मृत्यु भएका ४३ वर्षीय पुरुषमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।