पाल्पा । रिब्दीकाेट गाउँपालिका वडा नम्बर २, देउरालीका ७२ वर्षीय पुरुषको शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कायार्लयले जनाएकाे छ ।
उनकाे गत कार्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । ती पुरुषको होम आइसोलेसनमा ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । निमोनिया र उच्च रक्तचापको समेत समस्या रहेको रिब्दीकोट गाउ“पालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer