गरिवको सहयात्री मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम

पाल्पा,लुम्बिनी प्रदेशको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमबाट तिनाउ गाउपालिकामाका करिब तीन हजार परिवार नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको माध्यमबाट गरिवी न्यूनीकरणमा काम गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । उनका अनुसार विद्यालय सम्म पुग्न नसकेका वालवालिका देखी ज्येष्ठ नागरिकहरुलाई समेत कार्यक्रमले समेटेको बता । विपन्न परिवारका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य रोजगारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जन, सामाजिक संरक्षण मार्फत जीवनस्तर सुधार गरी गरिवी न्यूनीकरण अनुसारका क्रियाकलाप संचालन गरिएको अध्यक्ष घर्तीमगरको भनाई छ ।

तिनाउँ गाउपालिकाका वडा नं. १ र ६ लाई केन्द्रमा राखी केही कार्यक्रमहरु सबै वडामा संचालन गरिएको गाउँपालिकाले जनाएको छ । तिनाउँ गाउपालिकाका अनुसार वडा नं. १ र ६ मा १ सय ८१ वालवालिकालाई दिवा खाजा, ४ सय विपन्न वालवालिकालाई स्टेशनरी, १ सय ८० वालवालिकालाई विद्यालय पोशाक, १ सय विपन्न र दलितको लागि स्वास्थ्य वीमा, १ सय २० परिवारलाई कागती खेती, ३० जना महिलाहरुलाई मागमा आधारित एकल महिला आयआर्जन कार्यक्रम संचालन गरेको छ ।

त्यसैगरी वडा नं. १ मा वालविकास केन्द्र व्यवस्थापन, २० परिवारलाई वाख्रा पालन सम्बन्धी तालिम, खोर सुधार, विउबोका तथा माउ वितरण, १५ जनालाई सिलाईकटाइ तालिम तथा सामाग्री वितरण गरेको छ । वडा नं. ६ मा मौसमी तरकारी खेती तालिम र सामाग्री वितरण, ७५ प्रतिशत गाउपालिकाको सहयोगमा गाई, भैसी पालन कार्यक्रम संचालन गरेको छ ।

त्यसैगरी गाउँपालिका स्तरीय कार्यक्रममा मावि स्तरका ८ सय वालवालिकाको लागि पुस्तक तथा स्टेशनरी सहयोग, २ सय युवाको लागि क्षमता विकास गर्न खेलकुद सामाग्री वितरण, १ सय ५० विपन्न परिवारको लागि स्वास्थ्य सामाग्री वितरण, ४ सय ७२ जना ज्येष्ठ नागरिकको लागि न्यानो कपडा तथा सम्मान कार्यक्रम, ४ सय ७२ ज्येष्ठ नागरिकको लागि जीवनयापन गर्न सहज हुने सामाग्री वितरण, दैवि प्रकोपबाट प्रभावित ३० परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । चालु आर्थिक वर्षमा पालिकाले ५२ लाख रुपैयाको लागतमा १७ शिर्षकका काम गर्ने प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर