पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य ,किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा क्रियाशील सामुदायिक परामर्श दाता र साथी शिक्षकहरुको उपस्थित रहेको थियो। नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सामुदायिक परामर्श दाता तथा साथी शिक्षकहरुलाई लक्षित गरि अभिमुखी करण कार्यक्रम गरिएको शाखा प्रबन्धक साेवाकान्त न्याैपानेले जानकारी दिए ।
शाखा शाखा प्रबन्धक सोबाकान्त न्यौपाने र युएनएफपिए परियोजनाकी संयोजक सान्तोना कार्कीकाे प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरिएको थियो । पुर्वकार्य समिति सदस्य लेलिम थापा र सुरक्षा गिरीले आ-आफ्नो धारणा राखेका थिए । युएनएफपिए परियोजनाकी संयोजक सान्तोना कार्कीको सञ्चालनमा कार्यक्रम भएको हाे ।
शाखाका शाखा प्रबन्धक सोबाकान्त न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु साथै कार्यक्रमको बारेमा जानकारी दिए । कार्यक्रम शाखामा संचालन भएकाे जिसिएसिअाइ परियोजनाको आयोजना गरिएको हो । कार्यक्रम शाखाका युवा संयोजक मिलन खड्काकाे अध्यक्षता, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा संयोजक माला न्यौपानेकाे प्रमुख आतिथ्यता ,पकाड प्रोजेक्टको युथ च्याम्पीयन रेश्ना श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएकाे हाे ।