
पाल्पा । स्याङ्जाकाे गल्याङका एक कोरोना संक्रमितको उपचारका क्रममा आइतबार पाल्पामा मृत्यु भएकाे छ । गल्याङ नगरपालिका वडा नम्बर ७ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएकाे हो ।
१६ गते मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका उनकाे १८ गते कोरोना पोजेटिभ पुष्टि भएकाे भएकाे लुम्बिनी मेडिकल कलेजले जनाएकाे छ ।