पाल्पा । रानीमहल घुम्न गएका तानसेन नगरपालिका, १ गैरागाउँका २२ वर्षीय विनित बस्यालकाे पाैडी खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएकाे छ । पाैडी खेल्दै गरेका २ मध्ये १ जना नदी तरेकाे र १ जना डुबेकाे प्रत्यक्षदर्शी स्थानीयले बताए ।
प्रहरीले डुबेका युवालाइ डुबेकाे अवस्थामा निकालेका प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । तानसेन गैरागाउँका बस्याल साथिसँगै रानीमहल घुम्नका लागि भन्दै घरबाट निस्किएका थिए ।