
पाल्पा । तिनाउ गाउँपालिका, १ कचलका नाै वर्षीय सुरज गाहाकाे मृत्यु भएकाे छ । करेन्ट लागेर घाइते भएका गाहाकाे उपचारकाे क्रममा युनाइटेड मिशन अस्पताल पाल्पामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिए । पाेलमा चढ्न लागेका बालककाे करेन्ट लागेर मृत्यु भएकाे र घटना सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।