आठ करोड लागतमा सुन्दरढुंगा–सालझण्डी कालोपत्रेको काम सुरु

भुवन रायमाझी
पाल्पा । जिल्लाको रैनादेवी छहराको सुन्दरढुंगाबाट रुपन्देहीको सालझण्डी जोड्ने सडक चौडा पारेर कालोपत्रे हुने भएको छ । यो सडक कालोपत्रे भएपछि दुर्गम गाउँका स्थानीयहरुमा खुशीयाली छाएको छ । हिउँद होस् वा वर्षायाम जहिलेसुकै जोखिम हुने सिद्धार्थ राजमार्गको बैकल्पिक मार्ग समेत यो सडक हुनेछ ।

 

सम्झौता मितिले १८ महिना भित्र सडक कालोपत्रे गर्ने गरी शिलन्यास भएको हो । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले सडकको शिलन्यास गरे । रैनादेवी छहरा गाउँपालिकाको गोैरवको आयोजना मध्यको एक आयोजना भएको अध्यक्ष कार्कीले बताए । तोकिएको समयमा गुणस्तर र मापदण्ड अनुसार काम सम्पन्न गर्न अध्यक्ष कार्कीले निमार्ण कम्पनीलाई निर्देशन दिए ।

सडक कालोपत्रे भएसंगै तानसेन–बुटवल सडक खण्डको बैकल्पिक सडक हुने विश्वास गरिएको छ । गुल्मी, अर्घाखाँचीसम्मका नागरिकलाई छोटो दुरी हुनुका साथै जोखिम समेत कम हने गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । यही सडकको महत्व बढ्ने उनले बताए ।

संघीय र प्रदेश सरकारकोसमपुरक बजेटबाट पिएस–जिएस जेभि निर्माण कम्पनीले ८ करोड ४५ लाख रुपैयाँमा टेन्डर पाएको छ । गाउँपालिकासंग सम्झौता गरेर काम सुरु गरेको गाउँ पालिकाका इन्जीनियर किशोर खनालले बताए ।

ठुलो लगानीको आयोजनाहरु प्रायः निर्माण व्यवसायीको लापरवाहीले समयमा काम नसक्ने र गुणस्तरीयतामासमेत प्रश्न उठेन हुँदा यसमा खबरदारी रहने इन्जिनियर खनालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय