
पाल्पा । टेक्टरको ठक्करबाट माथागढी गाउँपालिका–४, ज्यामिरे, झडेवाका ६६ वर्षीय टिकाबहादुर जीसीको मृत्यु भएको छ । लु ३ त ९८१२ नम्बरको पराल बोक्ने टेक्टरले रम्भा गाउँपालिका–४, रक्सा हुमीनमा ठक्करदिँदा घटनास्थलमै जीसीको निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । टेक्टर चालक माथागढी गाउँपालिका–३ का २४ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।