
पाल्पा । युनाइटेड मिसन अस्पताल, तानसेनमा बिहिबार एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कार्तिक १८ गते अस्पतालमा भर्ना भए पनि हिजो बुधबार मात्र स्वाब लिएका थिए । बिहिबार कोरोना भाइरस पुष्टि भएपनि उनको बुधबार नै मृत्यु भएको मिसन अस्पतालले जनाएको छ । उनमा सुगरको समस्या देखिएर अस्पताल भर्ना भएको र अस्पतालले निमोनियाको समस्या भएको जनाएको परिवारले जनाएका छन् । यो संगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।