काेराेनाबाट थप एककाे मृत्यु

करूवा खबर

पाल्पा । लुम्बिनी मेडिकल कलेज, प्रभासमा आज मंगलबार एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने रामपुर नगरपालिकाका ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कार्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । यो संगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सम्बन्धित खवर