‘पौवा होटल’ को सेवा तानसेनपछि रेसुङ्गाबाट

गुल्मी – पौवा रिसोर्ट प्रालिले आफ्नो आठांै सेवा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाबाट समेत शुरु गरेको छ । सोमबार बिहान रेसुङ्गा डाँडामा पत्रकार सम्मेलन गरी पौवा रिसोर्टले आफ्नो सेवा सुरू गरेको जनाएको हो ।

रेसुङ्गामा एक वर्षको मिहिनेतपछि सेवा सुरु गरेको हो । रेसुङालाई विश्वमा परिचत गराउने र पर्यटकलाई सेवा दिन पौवा रिसोर्ट सुरु गरेको संचालक धु्रवराज न्यौपानेले बताए ।

रेसुङगा, पाल्पा, बुटवल, भैरहवा, गोरुसिङ्गे, भालुवाङ, लमही, जुम्लाबाट सेवा दिँदै आएको उनले बताए । देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको उनले बताए ।

श्रद्धालु भक्तजनलाई रेसुङ ल्याउने र पर्यटकीय क्षेत्रलाई लक्षित गरी अन्य पर्यटकहरूलाई समेत पौवा रिसोर्ट रेसुङ्गामा संचालनमा ल्याइएको हो । पौवाका अध्यक्ष दुर्गा भण्डारीले तम्घास आएका पर्यटकलाई रेसुङा पुगौं भन्नेहरुलाई सेवा दिने बताए । रेसुङगा घुम्न प्याकेज निर्माण गरिने पौवा रिसोर्टका सञ्चालक शरण कर्मचार्यले बताए ।

२५ वर्षका लागि पौवा रिसोर्टले २५ रोपनी जग्गा प्रयोग गर्ने गरी रेसुङ्गा नगरपालिकासँग सम्झौता गरेको छ । २५ वर्षपछि यहाँ निर्माण गरेका सबै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने तयारी गरेको छ । पाल्पाको तानसेनस्थित सिल्खानटोलबाट समेत सेवा गरिसकेको छ ।

सम्बन्धित खवर