बाँझोमा अन्नबाली र फलफूल लगाउनेलाई प्रोत्साहन

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले बाँझो जग्गामा अन्नबाली र फलफुल लगाउने किसानलाई प्रोत्साहन रकम दिएको छ । उसले गाउँपालिकाको उत्पादन बढाउन बाँझो जमिनमा अन्नबाली लगाएका किसानहरुलाई अनुदान वितरण गरेको हो ।

कोरोना भाइरसका कारण प्रभावित बनेका गाउँपालिका भित्र रहेका बाँझो जमिनमा अन्नबाली तथा फलफूल खेती गर्नेलाई अनुदान बितरण गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

संक्रमण फैलिन सक्ने र खाद्य संकट समेत निम्तिने हँुदा बाँझो जग्गामा तरकारी तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी २ हजार दिएको उनले बताए । खाद्यान्न उत्पादन गर्नेलाई प्रतिरोपनी ३ हजार दिने निर्णय गरेको थियो ।

आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएकाले तरकारी, फलफूल तथा खाद्यान्नमा अनुदान दिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए ।

तरकारी, फलफूल र खाद्यान्न उत्पादन गर्ने एक सय १४ जना किसानलाई चार सय २१ रोपनी क्षेत्रफलमा अन्नबाली लगाएको छन् । दुई सय ११ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका किसानहरुलाई अनुदान वितरण गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

सम्बन्धित खवर