मुरी स्याहार्ने चटारो

चाडपर्वस“गै यतिबेला पाल्पा लगायत मुलुकभरका किसानलाई असारमा मानो रोपेर अहिले मुरी स्याहार्ने चटारो छ । दसैं मलमासका कारण यसवर्ष ढिला भयो । दसैं अघि नै धान पाकिसकेको थियो । त्यसैले धान स्याहार्न किसान व्यस्त बने । टिका नहुनेले दसैंको अघिल्लो दिनमा पनि धान काट्न, स्याहार्न व्यवस्त बनेका थिए । दसैंको भोलिपल्ट पनि धान स्याहार्न नै व्यस्त बन्नु परेको छ । अघिल्लो वर्ष यही समयमा तिहारसमेत सकिएको हुन्थ्यो । यसवर्ष समयमा नै पानी परेकाले पनि धान छिटो रोपाइ“ भएको थियो । त्यसैले धान पनि छिटो पाक्यो । ९० प्रतिशत बढी खेतमा धान रोपेकाले पनि यसवर्ष उत्पादन पनि बढ्ने अनुमान थियो । तर किसानले रासायनिक मल समयमा राख्न नपाएपछि उत्पादनमा पनि असर गर्ने पक्का छ ।

धान रोपाइ“ बढी हुने माडीफा“ट, काली गण्डकी सेरोफेरो, रामपुर फा“ट, कचल, अर्गली लगायतका फा“टमा धान स्याहार्न किसान व्यवस्त छन् । यसवर्ष टारी खेत हुने अधिकांश स्थानमा रोपाइ“ भएको छ । समयमा वर्षा हुनु, जनशक्ति, हलगोरुको समस्या नहुने मात्र होइन, टेक्टर, हाते टेक्टरबाट खेत जोत्न र रोपाइ“ गर्न पाउनु पनि प्रविधिले किसानलाई साथ दिएको छ । खेताला कमी र गोरु नपाउने समस्या अहिले छैन भन्दा हुन्छ । पछिल्लो समयमा रोपाहार, बाउसे, हली, हलगोरुलाई प्रविधिको विकासले पनि किसानले फाइदा पाउन सकेका छन् । विगतका वर्षमा विभिन्न समस्याले गर्दा खेत रोपिन्नथ्यो । कतिपय खेतमा धान लगाउन छाडेका थिए । यसवर्ष त्यस्ता बा“झो खेतमा पनि धान लगाइएको छ ।

यसवर्ष युवाहरु भारतबाट फर्केर गाउ“मै बसेका कारण खेताला नपाउने समस्या भएन । पैसा तिर्दासमेत फकाएर काममा लगाउनु पर्ने बाध्यता यसवर्ष कमै समस्याका रुपमा देखा प¥यो । बीउ पहेंलो हुन पाएन । किसानका अनुसार वर्मपर्मबाटै काम चलाउन सकियो । प्राविधिक प्रत्येक गाउ“मा पुगेर तथ्यांक नल्याउने समस्याले गर्दा खेत कति बा“झो छ भन्ने एकिन विवरण पाउन सकिएको छैन ।  पाइएका तथ्यांक पनि सही नआउने समस्या छ । पाल्पाकै कुरा गर्दा धान खेती हुने कूल ८ हजार ७ सय ५० हेक्टरमध्ये बाह्रै महिना सिंचाई हुने ३ हजार ९ सय ६४ हेक्टर जमिन मात्र छ । बा“की ४ हजार ७ सय ८६ हेक्टरमा आकासे पानीको भर पर्नु पर्छ । हरेक वर्ष सिंचाइ, साना सिंचाइकालागि करोडौ बजेट आएपनि सही सदुपयोग हुन नसक्दा आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको हो । पाल्पामा ३६ हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

सम्बन्धित खवर