करूवा खबर
तानसेन नगरपालिका २५ सहित शनिबार ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बगनासकालीका चार,रिब्दिकोट र पूर्वखोलाका दुई÷दुई र रम्भाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले विज्ञप्तिमार्फत् जनाएका छन् ।
उता, ४७ जनाले शनिबार कोरोना जितेका छन् । तानसेन नगरपालिकाका २६, पूर्वखोलाकाआठ, तिनाउका चार, रिब्दिकोटका तीन, रामपुर नगरपालिकाका तीन माथागढीका दुई, बगनासकाली र रैनादेवी छहराका एक÷एक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमणमुक्त हुनेहरु ३५ पुरुष र १२ महिला छन् । जिल्लाभर कोरोना जित्नेको संख्या ९ सय २७ पुगेको छ । जिल्लामा एक हजार एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।