पूर्वखोला प्रवेशमा पि.सि.आर रिपोर्ट अनिवार्य

पाल्पा,पूर्वखोला गाउँपालिकाले कोभिड १९ संक्रमण रोकथामका लागि गाउँ प्रवेशमा पि.सि.आर परीक्षण अनिवार्य गरेको छ ।

पछिल्लो समय गाउँपालिकामा बढ्दो संक्रमण र चार्डपर्वको समयमा गाउँमा आउनेहरुको संख्या बढ्दा संक्रमण समुदायमा फैलन नदिन रिपोर्ट अनिवार्य गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहन ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा गाउँपालिकाले भारत तथा तेस्रो मुलुकका साथै संक्रमित क्षेत्रबाट आउने जनप्रतिनिधि,आम नागरिक सबैलाई कोभिड १९ को परीक्षण गरेर नेगेटिभ नतिजा लिएर आउन भनेको छ ।

गाउँ फर्कनका लागि पिसिआर नेगेटिभ नतिजा आएको ७२ घण्टाभित्रको प्रमाण स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीमा बुझाएर बस्न पाइने छ । तर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

परीक्षण बिना आएमा गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने छ । यदि लुकिछिपी आउने, समुदायमा घुलमिल हुने गरेमा संक्रमन रोग एन २०२० अनुरुप कारबाहीको लागि सिफारिस गरिने गाउँपालिकाले जनाएको छ ।

पूर्वखोला गाउँपालिकामा हाल सम्म २ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक सय ७६ निकोभै घर फर्केका छन् । हाल ३४ जना सक्रिय संक्रमित रहेको पालिकामा २ जनाको भने मृत्यु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय