सूचना अधिकारी पन्थीले कोरोना जिते

पाल्पा, कोरोना भाइरस संक्रमणबाट आइसोलेशनमा घरमै बसेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले कोरोना जितेका छन् । उनले स्वास्थ्य कार्यालयमार्फत् दैनिक जिल्लाको कोभिड १९ को अवस्था जानकारी गराउँदै आएका छन् ।
पाल्पा अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पन्थीलाई गत बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका १० स्थानीय तहको कोरोना भाइरस परीक्षण संख्या तथा संक्रमण पुष्टिको संख्याका विषयमा दैनिक खटिएर काम गर्दै आएका पन्थी स्वयम् संक्रमित भएका थिए ।

संक्रमणको सूचना सीमित स्रोत र साधनका बिच पनि सरल र सहज रुपमा सार्वजनिक गर्दे आएका पन्थी संक्रमण भएको सूचना पाएपछि होम आइसोलेशनमा बसेका थिए । पन्थीले पछिल्लो समय स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिन पालिकामा हिड्डुल गर्दा कोरोना संक्रमण भएको हुन सक्ने बताए । उनको स्वास्थ्य अवस्था सामान्य थियो । दंसै बिदाका समयमा र संक्रमण पुष्टि भएपनि सूचना प्रवाहको काम आइसोलेशनवाटै सम्पादन गरेका थिए ।

सम्बन्धित खवर