
यस वर्ष मनसुन छिटो सुरु भयो । किसानले समयमै खेत रोप्न पाए । धानबाली राम्रै हुन्छ भन्ने पनि थियो । तर मनसुनको वितण्डा भने जतासुकै देखियो । एकैस्थानमा ठूलो पानी पर्ने र क्षति पनि उस्तै हुने अवस्था भयो । असारमै तानसेनको सम्मोबारीमा चार जनाले ज्यान गुमाए । रम्भाको फोक्सिङकोटमा पनि पहिरोले घर भत्किएर पुरिँदा ६ जनाले ज्यान गुमाएका छन् । मानवीय क्षति नभएपनि तिनाउ गाउँपालिकाको दोभान, झुम्सा लगायतका क्षेत्रमा केही दिनअघिको पानीले वितण्डा नै मच्चायो । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाएको हो । चारदिन सम्मको अविरल वर्षाले घर, सडकमा क्षति पु¥यायो । वर्षासंगै खसेको पहिरोले दोभान, झुम्सा, घोडेबास, फोक्सिङखोला लगायतका स्थानमा दर्जनौ घरमा पहिरोले क्षति पुग्यो । अविरल वर्षाले धेरै घरमा क्षति पुगेको छ । कतिपयका घरभित्र रहेको गरगहना, अन्नपात, भाँडाकुडा सबै पुरिए ।
कतिपयले जंगलमा गएर ज्यान जोगाए । वर्षाले पूर्ण रुपमा घरमा क्षति भएको छ । कतिपयको घर राजार्गको माथिल्लो भागमा पहिरो खस्दा रुख सहितले घरमा क्ष्ँति पुगेको छ । बाढी पहिरोले तिनाउ नदी उर्लिदा कटान गरेको छ । कतिपयको खेत पहिरोले पुरेको छ । कतिपय बस्ती उजाड बनाएको छ । जिल्लाका अन्य खोला, नदीले पनि कटान गरेको छ । हुन त पहिरोले क्षतिग्रस्त स्थानहरूमा जनप्रतिनिधिहरूको समन्वय र स्थानीयहरुको सहयोगमा उद्वारको काम नगरिएको होइन । बाढी पहिरोको वितण्डाबाट पुगेको क्षतिको तथ्यांक संकलन गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु यसमा लागि परेका छन् । राहत, उद्दार र पुनःस्थापनाका लागि सक्दो सहयोग गरेका छन् । तर पनि स्थानीय तहले गर्ने सहयोग पर्याप्तता भने छैन ।
पाल्पामा यस वर्ष मात्रै २० जना भन्दा बढीले बाढी पहिरोबाट ज्यान गुमाएका छन् । बाढी पहिरोको कारण मानवीय बस्ती नै हो । मानवीय क्रियाकलाप पनि हो । मानवसिर्जित समस्या पनि हो । डोजरे विकास, त्यही विकासले विनास निम्त्याइरहेको छ । यतातर्फ ध्यान कहिले पुग्ने हो थाहा छैन । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि डोजरे विकासले थप गति लिएको हो । यही गतिले गर्दा नै बढी क्षति हुने गरेको छ । अघिल्लो वर्षमा पानी कम परेको थियो । त्यसैले यस्ता विकासको असर कम देखिएको थियो । तर यस वर्ष पानी बढी पर्नासाथ विकास राम्रैसँग देखिएको छ । डोजरे विकास गर्दा वातावरणीय क्षति न्यूनिकरणको उपाय अपनाउनपर्ने हो तर त्यसो नगर्दा नै अहिले क्ष्ति बढी देखिएको छ । त्यसैले हामी आफैले सिर्जना गरेको विनासको कार्यका लागि हामी आफै सतर्क हुनुपर्छ । सतर्क भएनौ भने थप क्षति पुग्ने छ । त्यसैले वर्षा हुनासाथ, बाढी, पहिरोबाट पनि सतर्क बनौं ।







