
शुक्रबारसम्मका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । केही समय शून्य संक्रमण रहेकामा अहिले दैनिकजसो कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण परीक्षण नहुदाँ समुदायमै संक्रमण बढी देखिएको छ । रामपुर, तिनाउ, तानसेनमा समुदायमै संक्रमण पुष्टि भएको छ । पूर्वखोला, रामपुर र रिब्दीकोटमा होम आइसोलेशनमा बसेका र क्वारेन्टाइनमा बसेकामा देखिएको हो । संक्रमित राख्ने आइसोलेसन पर्याप्तता छैन । भएका आइसोलेशन पनि विद्यालयमा भएकाहरु हटाइएको छ । क्वरेन्टाइन रहेका विद्यालयहरु सेनिटाइज गरेका छन् । पछिल्लो समय सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक घरपरिवारसंगै बस्ने गरेका छन । उनीहरुको स्थानीय तहले आफ्नो अनुकुलमा स्वाव संकलन गरी परीक्षणका लागि पठाउदाँ समय लामो हुने गरेको छ । जसले गर्दा पोजेटिभ देखिएको व्यक्तिको ट्राभल हिस्ट्री ठूलो र संक्रमणको जोखिम धेरै हुने देखिएको छ ।
स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको काम गरेका छन् । समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरुको अध्ययन वैज्ञानिक रुपमा गर्नुपर्ने हुन्छ । समुदायमा संक्रमण देखिएकाहरु कहाँ कहाँ गए भन्ने एकिन हुनुपर्छ । यसमा स्थानीय तह, समुदायका साथै जनप्रतिनिधिले ध्यान दिएका छन् वा छैनन् । भारत र अन्य मुलुकबाट आउनेहरु गाउँघरमा हुने विभिन्न क्रियाकलापमा सहभागि भएका हुन सक्छन् । यस विषयमा समयमा नै चनाखो हुनुपर्छ । समुदायमा राम्रोसँग अध्ययन नगरिकन परिवारको घेराभित्र मात्र स्वाब परीक्षणको तयारी आफैमा घातक हुनसक्छ । संक्रमण भएका व्यक्रि भजन मण्डली, चर्च, चिया पसल, किराना पसल, पूजाआजामा सहभागी भएका छन् । परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिलाई नतिजा नआउन्जेल सम्म एकान्तवासमा राख्ने व्यवस्था गर्नुपर्ने हुन्छ । तर त्यसो गरिएको छैन । खुल्ला रुपमा हिडडुल गरेका छन् । स्वाब दिएकामध्ये पोजेटिभ नतिजा आएको खण्डमा संक्रमणको अवस्था भयाभह हुनेछ ।
संक्रमणको सम्भाव्य क्षेत्रमा परीक्षणको दायरा नवढाउने, होम क्वारेन्टाइनको नाममा संक्रमितलाई खुल्ला छाड्ने हो भने निषेधाज्ञाको कुनै औचित्य रहन्न । सडकमा पहुँच विनाका व्यक्ति तथा सार्वजनिक सवारी साधन रोक्दैमा कोरोना भाइरस संक्रमण रोकिदैन । संक्रमण रोकथामका लागि गरिने कतिपय प्रशासनका निर्णय निर्मम हुनुपर्छ । अर्को कुरा संक्रमण रोकथामको विकल्प लकडाउन र निषेधाज्ञा मात्रै होइन, मास्क सहित सामाजिक दुरी कायम गर्नुपर्ने इमान्दारिता हुनुपर्छ । लामो समयदेखिको लकडाउन र अहिले गरेको निषेधाज्ञा अब हटाउँदा पनि हुन्छ । यस्तै अवस्था रहने हो भने व्यक्ति, परिवार आर्थिक संकटमापर्ने छन् भने उनीहरुमा मनोसामाजिक असर पर्ने पक्का छ । सरकारले जनउत्तरदायी भावना देखाउनुपर्छ । वडा कार्यालयदेखि संघीय सरकार र सीमानाकामा व्यवस्थित गर्नुपर्छ । लकडाउन, निषेधाज्ञा गरेर जनतालाई घरमा थुनेर राख्दा अर्को दुर्घटना निम्तिने अवस्था नआओस् । जहाँ देखिन्छ, त्यहाँ शील गर्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । प्रशासन, स्थानीय सरकारले यस विषयमा सोच्नुपर्छ ।