
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणवाट पाल्पा पनि अछुतो छैन । भारत तथा अन्य मुलुकवाट आएर क्वारेन्टाइनमा बसेका ५ सय ६० जना कोरोना संक्रमित निको भई घर फर्केको सरकारी तथ्यांक छ । जसमा ९० प्रतिशत संक्रमित आइसोलेसनपछि परीक्षणबिनै घर पठाइएको छ । यसका साथसाथै बेलाबेलामा केन्द्र, प्रदेशवाट आउने फरकफरक निर्देशनले आवश्यक मात्रामा पनि कोरोना संक्रमण भए÷नभएकोबारे अवस्था थाहा पाउन गरिने आरडिट–पिसिआर हुन सकेको छैन । जसका कारण समुदायमा संक्रमणको त्रास बढेको छ । जिल्लाको कोरोना भाइरस संक्रमणको यथार्थ अवस्था थाहा पाउन परीक्षणलाई समुदाय स्तरसम्म लैजानुपर्छ ।
पछिल्लो समयमा संचारमाध्यमको शब्द चयन र स्वास्थ्य कार्यालयको कमजोरिका कारण जनमानसमा परेको कोरोना भाइरस संक्रमण मुक्त पाल्पाले झन संक्रमणको जोखिम बढाएको छ । आम सर्वसाधरणले संक्रमणको जोखिमलाई ख्याल नगरी आफ्ना गतिविधि बढाएसंगै जोखिम उच्च बनेको छ । संक्रमणको पहिचानका लागि गरिने परीक्षण नगर्ने संक्रमितलाई अन्तिम परीक्षण विना घर फर्काउने जस्ता कार्यले समस्या थपेको छ । आइसोलेसन र क्वारेन्टाइनमा बस्नेको संख्या घटेपछि समुदायस्तरमा संक्रमण भए÷नभएको जाँच गर्नका लागि गरिएको परीक्षणमा पहुँचवाला र सामाजिक नेतृत्वकर्ताको मात्रै पिसिआर परीक्षण गर्दा पनि यथार्थ बाहिर आउन सकेन ।संक्रमणको जोखिम भएको वर्ग समेट्न सकेका छ्रैनन् । संक्रमण छ÷छैन भनेर परीक्षणका लागि समान पहुँचको सुनिश्चित हुन पर्छ । हुन त पहुँचकै आधारमा तानसेन, विशाल बजारका श्रीमान्÷श्रीमतीमा गरिएको परीक्षणबाट संक्रमण भेटियो । क्षेत्रलाई नै शील गर्दा सबै जनताले दुःख पाए ।
पहुँचकै आधारमा परीक्षण गरेपनि समुदायस्तरमा कोरोना भाइरस प्रवेश गरेको भन्ने भयो । तर उनको कन्ट्याक्ट ट्रेसिङमा कमीकमजोरी मात्र भएन उनलाई आइसोलेशनसम्म लैजानसमे सकेनन् । टोलमा रहेका झण्डै ३ सयको स्वाब संकलन गर्नुपर्ने अवस्था आयो । पहुँचका आधारमा परीक्षण गर्ने होइन, सर्बसाधारणसम्म परीक्षणको दायरा बढाउनुपर्छ । स्थानीय सरकार र प्रशासनको बाहुबलीमा परीक्षण गर्ने होइन । जिल्ला कोरोना भाइरसमुक्त भन्दै लापरवाही गर्ने होइन संक्रमणको जोखिम कायमै छ भन्ने सोच्नु जरुरी छ । आम नागरिकका गतिविधिको नियन्त्रण, नाका प्रवेशमा नियमन आवश्यक छ । सबै भन्दा बढी समुदायस्तरसम्म परीक्षणको दायरा बढाउन जरुरी छ ।