सुरुङमार्गकै कुरा

हरेक वर्ष वर्षा लाग्छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गकै कुरा चल्छ । वर्षौदेखि पाल्पा लगायत यस भेगका जनताले सुनेकै हो । सुनिरहेका छन् । सिद्धबाबा भएर गुल्मी, बाग्लुङ, स्याङजा लगायत दर्जन बढी जिल्लामा सवारी साधन ओहोरदोहोर गर्छ । केही वर्ष यता सामाजिक सञ्जालमा सुरुङमार्ग बनिसकेजस्तै खुसीयाली प्रकट नभएका पनि होइनन् । तर बन्ने कहिले हो ? कति बन्ने हो ? यो बन्ने बजेट खर्च कति हो ? यसबाट कति फाइदा पुग्ने हो ? भन्ने विषय बहसमै छ । अर्थले वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमाभित्र रही प्रचलित कानून बमोजिम वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी काम बजेट स्वीकृत गरेको थियो । १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्यक बजेट सुनिश्चितताका लागि आग्रह गरेको हो ।

बहुवर्षीय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पूरा गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार डिजाइन निर्माण तथा संचालन कार्य अघि बढाउन अनुमति दिएको छ । डिपिआर अनुसार १ हजार १ सय २४ मिटर सुरुङमार्ग र सुरक्षित सडक निर्माण गर्न ६६ महिना लाग्ने छ । राजमार्गको २८ प्लस २ सय (माथिल्लो सिद्धबाबा) देखि ३० प्लस ६ सय (रामापिथेकसपार्क) सम्मको क्ष्ँेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार छ । प्रतिवेदन तयार गर्न स्वीजरल्याण्ड सरकारले कन्सल्ट्यान्ट मार्फत् प्रतिवेदन तयार पारेको हो ।स्वीस कन्सल्ट्याण्ट आइटिइसिओ–एएफ (इटिको–एफ) ले यस क्ष्ँेत्रको भौगर्भिक अध्ययनपछि डिपिआर तयार गरेको छ । जिओ फिजिकल टेष्ट लगायत सुरुङमार्ग उपयुक्र्त हुन्छ÷हुन्न भन्ने वास्तविकता पत्ता लगाउन फिल्डमै अध्ययन गरेको थियो । त्यसैको आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

माथिल्लो सिद्धबाबादेखि दक्षिणतर्फको ९ सय ८ मिटर खुल्लासडक हुने डिपिआरमा छ । अर्को रकसेड गर्नुपर्ने ७ सय ९० मिटर औल्याएको छ । टनेल भने उसले सोझै लगेको छैन । अत्यधिक जोखिम रहेको क्षेत्रमा घुमाएर लैजाने गरी अध्ययन गरेको देखिने सडक डिभजनले जनाएको छ । माथिल्लो भागबाट ढुंगा खस्ने अधिकांश क्षेत्रमा त्यसको न्यूनिकरण गर्ने उपाय डिपिआरले सुझाएको छ । त्यसका लागि उसले सडक चौडा बनाउने, रकनेट साथै रकसेड निर्माण गर्ने लगायतका कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । डिपिआर अनुसार सरासर काम हुने हो भने नोभेम्बर २०२५ सम्म काम सक्ने उल्लेख छ । ३९ महिनामा सुरुङमार्ग, विद्यूतीय र मर्मत कक्ष १५ महिना र थप १५ महिनामा सडकको बाहिर काम हुने उल्लेख छ ।

सम्बन्धित खवर