छानबिन होस्

पितृ प्रसाद खाएर पाल्पा रामपुर नगरपालिका–७, मोहटी गाउँका झण्डै ७५ जना बिरामी परे । साउन ११ गते पितृ प्रसाद खाएपछि बिरामी परेकाहरुलाई रामपुरमा उपचार हुन सकेन । उनीहरुलाई तानसेन पठाइयो । रामपुरमा सुविधा सम्पन्न अस्पताल छैन । स्तरोन्नति गरिएको रामपुर अस्पतालमा पनि सुविधा छैन । त्यसैले थप उपचारका लागि ६५ किलोमिटर टाढा रामपुरबाट तानसेन ल्याउनु परयो । रामपुर अस्पतालमा उपचारका लागि पुगेकालाई पनि रिफर गरेर पठाइयो । सबैको उस्तै प्रकृतिको लक्षण देखिएको थियो । कतिपय डरले गर्दा पनि घरमै बसे । अस्पतालमा थप उपचारका लागि गए पनि तानसेन पठाइयो ।

रामपुरको मोहटीमा पितृ प्रसाद खाएका सबै गाउँले बिरामी परे । उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको थियो । भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएको हो । सबै जना थप उपचारका लागि तानसेन आए । ज्वरो आउने, पखाला लाग्ने लगायतका समस्या भएकाले उपचारमा जोखिम पनि थियो । अवस्था जटिल थिएन । तर सबै हुल बाँधेर उपचार गर्न तानसेन धाउनुपर्ने अवस्था आयो । पितृ प्रसादमा खीर, तरकारी र अचार खाएका थिए । बजारबाट किनेको पोके दुध, मेवाको अचार र तरकारी खाँदा किन त्यस्तो अवस्था आयो ? पानीको खराब हो वा खानामा कुनै खराबी थियो ? यस विषयमा गम्भीर हुनुपर्छ ।

बिरामीको अवस्थाका बारेमा प्रदेश सांसद, स्थानीय प्रशासनले जानकारी पनि लिएको छ । सुरक्षा निकायका प्रमुखले जानकारी लिनु राम्रो कुरा हो । विरामीको उपचार अवस्था र स्वास्थ्य स्थितिको बारेमा जानकारी लिए पनि अवस्था के हो र किन यस्तो घटना घट्यो भन्ने प्रमुख कुरा हो । यस विषयमा प्रदेश सांसद, स्थानीय सुरक्षा प्रमुख, स्थानीय तहले पनि यस विषयमा अध्ययन, अनुसन्धान गर्नु जरुरी छ । यसमा कसको लापरवाही हो ? भन्ने कुराको छानविन गर्नुपर्छ । स्थानीय तहले पनि यसको चासो दिनुपर्ने हो तर त्यति धेरै चासो दिएको पाइएन । अस्पतालमा पुगेर बिरामी भेटेर फर्किनु मात्र ठूलो कुरा होइन, घटना कसरी घट्यो र सबै गाउँले उपचारका लागि किन भौतारिनु प¥यो ? त्यो महत्वपूर्ण कुरा हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय